Quantcast
Channel: समाचार
Viewing all articles
Browse latest Browse all 10

कथाकार सिग्देलद्वारा लिखित ‘मेरी बहिनी’ विमोचन

$
0
0

जेठ २९, तनहुँ

meribahini
कथाकार नारायण कैलाश सिग्देलद्वारा लिखित ‘मेरी बहिनी’ नामक कथासङ्ग्रह तनहुँको भिमादमा बिशेष कार्यक्रमका साथ बिमोचन गरिएको छ । जनज्योति क्याम्पस भिमादको सभाहलमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. नारायणप्रसाद अधिकारीले विदेशी भाषामा नेपालीको मोह बढ्नु र राष्ट्र भाषा नेपाली प्रति रुचि कम हुनुले राष्ट्रभाषा कमजोर भएको टिप्पणी गर्नुभयो । उहाँले निजी बिद्यालयहरूमा विद्यार्थीले नेपाली भाषा प्रयोग गरे बापत जरिवाना  तिर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो ।

सेतीकाली साहित्य सङ्गम भिमादको आयोजना  र जनत्योति क्याम्पस सहआयोजनामा भएको  कार्यक्रममा दधिराज सुवेदी, उमाकान्त श्रेष्ठ, केशवराज काफ्ले, हरिप्रसाद ज्ञवाली, नारायणप्रसाद श्रेष्ठ, शेषमणि आचार्य, श्याम सुन्दर जोशी, ऋषिराम सिग्देल, हस्तबहादुर खड्का लगाएतले नेपाली भाषा साहित्यको महत्ववारे धारणा राख्नुभएको थियो ।

meribahiniसेतीकाली साहित्य सङ्गमका संस्थापक सदस्य धिरेन्द्र थापाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा कथाको समिक्षा कृष्णप्रसाद वाग्लेले गर्नुभएको थियो भने स्वागत भाषण सुनिलकुमार श्रेष्ठ र कार्यक्रम सञ्चालन चन्द्रप्रकाश सुवेदीले गर्नुभएको थियो ।


Viewing all articles
Browse latest Browse all 10